काठमाडौं- निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा चिप्लिएको छ।
मंगलबार विहान ९ एएनएफ कलसाइनको जहाजको बायाँ टायर आन्तरिक टर्मिनलको पार्किङमा चिप्लिएर घाँसे मैदानमा गएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताए।
उनका अनुसार जहाजलाई पर्किङबाट निकाल्ने क्रममा बायाँ चक्का चिप्लिएको हो। जहाजमा यात्रु भने छैनन्।





प्रतिक्रिया