काठमाडौं -सत्तारुढ गठबन्धनभित्र मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ । आज बालुवाटारमा बसेको गठबन्धन बैठकमा नेताहरुले मन्त्रालयको भागवण्डा टुंग्याएका हुन् ।
स्रोतका अनुसार माओवादीले सुचना प्रविधि तथा सञ्चार,महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लिनेछ । यस अघि काँग्रेसले गृह,स्वास्थ्य तथा जनसंख्या र कानुन र परराष्ट्र मन्त्रालय लिएको छ । यी सबै गरेर काँग्रेसका भागमा छ वटा मन्त्रालय परेका छन् ।
यसैगरी माओवादीले कृषी तथा पशुपंक्षी,खानेपानी र भूमी व्यवस्था तथा सहकारी मन्त्रालय पाउनेछ । यस अघि अर्थ र उर्जा मन्त्रालय माओवादीले लिएको छ । यी सँगै माओवादीले पाँचवटा मन् त्रालय पाउने भएको छ ।
नेकपा (एस)ले युवा तथा खेलकुद,रक्षा,सहरी विकास,पर्यटन र उद्योग मन्त्रालय गरी पाँचवटा मन्त्रालय पाउनेछ ।
जसपाले वन तथा वातावरण,संघीय मामिला तथा सामान्य प्रशासन,भौतिक पूर्वाधार श्रम तथा रोजगार र शिक्षा मन्त्रालय गरी पाँचवटा मन्त्रालय पाउनेछ । माओवादीले एक र नेपालको पार्टीले एक एक राज्यमन्त्री पाउने सम्भावना छ ।
प्रतिक्रिया