अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद्‌ विस्तार गर्न अझै केही दिन लाग्ने

मन्त्रिपरिषद्‌ विस्तार गर्न अझै केही दिन लाग्ने


काठमाडौँ- आज बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले मन्त्रालय बाँडफाँट गरेको हो । सत्तारुढ गठबन्धन बैठकले मन्त्रालय भागबण्डामा सहमति गरेको छ । अब सबै दलले आन्तरिक तयारी गरेर शुक्रबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भइसकेको स्रोतको दाबी छ ।

सहमतिअनुसार कांग्रेसले ६ वटा मन्त्रालयको नेतृत्व गर्नेछ । कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाण, परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का र कानूनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्छ । त्यस्तै कांग्रेसबाट उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री हुनुहुन्छ । स्रोतका अनुसार कांग्रेसले सञ्चार र महिला बालबालिका मन्त्रालय लिने भएको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा (एस) र जसपाले ५-५ मन्त्रालयको नेतृत्व र १-१ राज्यमन्त्री पाउने सहमति भएको छ ।

माओवादीबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भूसालले जिम्मेवारी पाइसक्नु भएको छ । माओवादीले कृषि, खानेपानी र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पाउने भएको छ । नेकपा (एस)ले पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति, शहरी विकास, युवा तथा खेलकुद र रक्षा मन्त्रालय पाउँनेछ ।

त्यसैगरी, जसपाले भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, श्रम तथा रोजगार, वन तथा वातावरण र शिक्षा मन्त्रालय पाउँनेछ । माओवादी, नेकपा एस र जसपाले १-१ राज्यमन्त्री पाउने भएको  छ ।