अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबारमा जसपा संसदीय दलको बैठक, मन्त्रीबारे छलफल हुँदै

सिंहदरबारमा जसपा संसदीय दलको बैठक, मन्त्रीबारे छलफल हुँदै


काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक मंगलबार बस्दैछ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सत्तारुढ गठबन्धनले मन्त्रालय भागवण्डाको टुंगो लगाएपछि मन्त्रीहरु पठाउने निर्णय गर्न जसपाको दलको बैठक सिंहदरबारमा बसिरहेको हो।

बैठकमा पार्टीको भागमा परेका मन्त्रालयबारे दलका नेता तथा अध्यक्ष उपेन्द्र यादवले ब्रिफिङ गर्नुहुनेछ ।

जसपाको भागमा ५ मन्त्री र एकजना राज्य मन्त्री परेको छ । भौतिक पूर्वाधार, सामान्य प्रशासन, वन र कृषि मन्त्रालय लिने सहमति जुटेको स्रोतले जनाएको छ ।