अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विरोध खतिवडाको नेतृत्वमा नेकपा एसलाई ५ मन्त्रालय, २१ गते सपथ

विरोध खतिवडाको नेतृत्वमा नेकपा एसलाई ५ मन्त्रालय, २१ गते सपथ


काठमाडौं – सत्तारुढ गठबन्धनको सत्ता साझेदार नेकपा (एस)ले रक्षासहित पाँच मन्त्रालय पाउने भएको छ ।

नेकपा एकीकृत समाजवादीले रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ ।

नेकपा (एस) बाट विरोध खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, मेटमणी चौधरी, प्रेम आलेमगर र भवानी खापुङ मन्त्री बन्ने बताइएको छ । नेकपा एसले एक राज्यमन्त्री पनि पाउने भएको छ ।

यसै सन्दर्भमा, असोज २१ गते मन्त्रिपरिषद् विस्तार गर्ने र सबैले एकैपटक सपथ लिने बताइएको छ ।