अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपालाई भौतिक पूर्वाधार तथा यातायातसहित चार मन्त्रालय

जसपालाई भौतिक पूर्वाधार तथा यातायातसहित चार मन्त्रालय


काठमाडौं- जनता समाजवादी पार्टी नेपाल (जसपा)ले चारवटा मन्त्रालय पाउने भएको छ ।

जसपाले भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय पाउने भएको छ । सो मन्त्रालयमा क–कसलाई पठाउने भनेर टुंगो लगाउने जिम्मेवारी पार्टीका अध्यक्ष उपेन्द्र यादलाई दिइएको छ ।

मंगलबार बसेको जसपा संसदीय दलको बैठकले यादवलाई सो जिम्मेवारी दिएको हो । बैठकमा यादवले पार्टीले चारवटा मन्त्रालय पाएको जानकारी गराउनु भएको थियो । अध्यक्ष यादवले भोलि कार्यकारिणी समितिको बैठक बोलाउनु भएको छ । उहाँदले कार्यकारिणी समिति बैठकबाट मन्त्रीको नाम चयन गर्ने बताउनुभयो ।