अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साँसदहरुको दशैं भत्ता कटौती

साँसदहरुको दशैं भत्ता कटौती


काठमाडौं – प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुको दशैं भत्ता कटौती भएको छ ।

संघीय संसद सचिवालयका अनुसार आज सांसदहरुको बैंक खातामा असोज महिनाको मात्र तलबरभत्ता पठाइएको छ । । दशैं भत्ता पठाइएको छैन ।
गत बर्ष दशैं भत्ता दिँदा विवाद भएको र यसबर्ष मन्त्रिपरिषदले सांसदहरुलाई दशैं भत्ता दिने वा नदिने भनी कुनै निर्णय नगरेकाले दशैंभत्ता नदिएको संसद सचिवालयका प्रमुख लेखा अधिकृत बसन्त सिग्देलले जानकारी दिनुभयो।

बैठक भत्ता र यातायात खर्चबाहेक संघीय सांसदहरूले मासिक ६६ हजार ७० रुपैयाँ पाउँछन् । २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ जना सांसद छन भने राष्ट्रिय सभामा ५९ जना छन् ।