काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले विदेश विभागले पूर्णता पाइनसकेको स्पष्ट पार्नुभएको छ ।
सामाजिक सञ्जालमा लेख्दै नेता श्रेष्ठले भन्नुभएको छ, ‘नेकपा (माओवादी केन्द्र) को विदेश विभाग गठन भएको र त्यसमा विभिन्न व्यक्तिहरु राखिएको भन्ने समाचार गलत हो । पार्टीले विदेश विभाग गठन गरिसकेको छैन । यस्ता गलत सूचना प्रसारित नगर्न र त्यसको भ्रममा नपर्न अनुरोध गर्दछु ।’
गत साउन ३० र ३१ मा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले राम कार्कीलाई विदेश मामिला विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको थियो । त्यसमा श्रेष्ठ असन्तुष्ट हुनुहुन्थ्यो । उहाँलाई भने प्रवास समिति इन्जार्जको भूमिका दिइएको थियो ।





प्रतिक्रिया