काठमाडौं- जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठकले पार्टीबाट मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ ।
बुधबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिइएको हो ।
सत्तारुढ गठबन्धनले मंगलबार मन्त्रालय बाँडफाँटमा सहमति भइसकेको छ । जसअनुसार जनता समाजवादी पार्टीले भौतिक पूर्वाधारसहित चार मन्त्रालय पाउने टुंगो लागेको थियो ।





प्रतिक्रिया