अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी निर्वाचनमा अत्यधिक बहुमतका साथ जनादेश लिएर सिंहदरबारमा एमाले नेतृत्वको सरकार स्थापित गर्नेछौं : शंकर पोखरेल

आगामी निर्वाचनमा अत्यधिक बहुमतका साथ जनादेश लिएर सिंहदरबारमा एमाले नेतृत्वको सरकार स्थापित गर्नेछौं : शंकर पोखरेल


दोलखा- नेकपा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले आगामी निर्वाचनमा जनताको बहुमतका साथ फेरि पनि नेकपा एमाले सरकारमा आउने उदघोष गर्नुभएको छ ।

नेकपा एमाले दोलखाले सदरमुकाम चरिकोटमा आज आयोजना गरेको सभामा बोल्दै पोखरेलले देशी–विदेशी प्रतिक्रियावादीको षडयन्त्रअनुसार परमादेशले सरकारबाट हटाइएको बदला जनादेशबाट लिएर सिंहदरबारमा फर्कने घोषणा गर्नुभएको हो ।

परमादेशबाट हाम्रो पार्टीको सरकार हटाइएको हो, यो कुरा जनताले बुझनु नै भाको छ । त्यसैले आगामी निर्वाचनमा अत्यधिक बहुमतका साथ जनादेश लिएर सिंहदरबारमा एमाले नेतृत्वको सरकार स्थापित गर्नेछौं,’ पोखरेलले भन्नुभयो । नेता पोखरेलले नेकपा एमाले एक्लै चुनाव लडेर बिजय हासिल गर्ने सुदृढ अवस्थामा रहेको तथ्य पनि बताउनुभयो ।

पोखरेलले संविधान जारी गर्नेदेखि संविधान कार्यान्वयनसम्म मुलुकको नेतृत्व गरेको र विदेशी हस्तक्षेपलाई ठाडै अस्वीकार गरेकै कारण अहिले अध्यक्ष केपी ओलीविरुद्ध सवै मिलेर घेरावन्दी गरेको तर पार नलागेको तथ्य पनि राख्नुभयो । ‘केपी ओलीविरुद्ध किन घेरावन्दी भयो भन्ने सबैलाई थाहा भएकै कुरा हो, तर जति मिलेर घेरावन्दी गरे पनि केही हुनेवाला छैन,’ पोखरेलले भन्नुभयो ।

पोखरेलले एमालेका केही नेता बाहिरिए पनि विभाजनको असर नरहेको बताउनुभयो ।