अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीबाट निर्वाचित दुई वडाध्यक्षसहित एमालेमा प्रवेश

माओवादीबाट निर्वाचित दुई वडाध्यक्षसहित एमालेमा प्रवेश


दोलखा -नेकपा माओवादी केन्द्रबाट निर्वाचित दुईजना वडाध्यक्षसहित जनप्रतिनिधिहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बुधवार चरिकोटमा आयोजित एमालेको जिल्ला भेलामा जिरी नगरपालिका वडा-५ का वडाध्यक्ष निमासाङ्गे शेर्पा र विगु गाउँपालिका वडा-१ का वडाध्यक्ष हिरन्यवहादुर गुरुङ एमालेमा प्रवेश गर्नुभएको हो ।

त्यस्तै कालिन्चोक गाउँपालिका वडा-२ का वडा सदस्य विकास थापा र रमण थामी पनि एमालेमा प्रवेश गर्नुभएको छ । नव प्रवेशीहरुलाई एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल, वागमती प्रदेश अध्यक्ष आनन्द पोखरल, जिल्ला इन्चार्ज पार्वत गुरुङले स्वागत गर्नुभएको थियो ।

भेलालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेलले दोलखामा पार्टी विभाजनको असर नपरेको र त्यो भन्दा बढी माओवादीबाट एमालेमा समाहित भएको गर्नुभयो ।