अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश-२ मा मुख्यमन्त्री राउतलाई दुईतिहाइ विश्वासको मत

प्रदेश-२ मा मुख्यमन्त्री राउतलाई दुईतिहाइ विश्वासको मत


जनकपुरधाम- प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाबाट दुईतिहाइको विश्वासको मत प्राप्त गर्नुभएको छ ।  जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले बुधबार विश्वासको मत लिनुभएको हो ।

राउतलाई उहाँकै दल जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र तथा पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीका सांसदहरुले मत दिएका छन् ।

प्रदेशसभामा भएको मतदानमा राउतको पक्षमा ७७ मत परेको छ । यो कुल प्रदेशसभा सदस्य संख्या १०४ को दुईतिहाइ हो । विपक्षमा २३ मत परेको छ ।

बुधबारको मतदानमा प्रदेशसभाका १०० सदस्यले भाग लिएका थिए भने ४ जना सांसद भने अनुपस्थित भएका छन् ।