अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा देउवा र पौडेलबीच चर्काचर्की

बालुवाटारमा देउवा र पौडेलबीच चर्काचर्की


काठमाडौं -प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच काँग्रेस पदाधिकारी बैठक स्थल बालुवाटारमा चर्काचर्की भएको छ।

मन्त्रालय भागवण्डाबारेमा छलफल गर्न बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठकमा दुई नेताबीच चर्काचर्की भएको हो। कांग्रेसको आसन्न चौधौं महाधिवेशनका क्रममा क्रियाशील सदस्य र पालिका तथा जिल्ला अधिवेशनमा भइरहेको दुई पक्षबीचको विवादको बढ्दै जाँदा दुईपक्ष बीच भनाभन भएको हो ।

बैठकमा क्रियाशील सदस्यतासम्बन्धीको विवादले प्रवेश पाएपछि प्रधानमन्त्री देउवा र नेता पौडेलबीच चर्काचर्की भएको सहभागी एक नेताले बताएका छन्।
ति नेताका अनुसार अनुसार रौतहट र सर्लाहीको क्रियाशील सदस्यता विवादमा पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंहको प्रधानमन्त्री देउवासँग चर्काचर्की भएको हो। पौडेल र सिंहसँगको चर्काचर्कीपछि देउवा बैठक स्थलबाट बाहिरिनु भएको हो ।