अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकीकृत समाजवादीमा मन्त्रीको नाम टुंगो लगाउने जिम्मा नेपाललाई

एकीकृत समाजवादीमा मन्त्रीको नाम टुंगो लगाउने जिम्मा नेपाललाई


काठमाडौं- नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ ।

आज बसेको नेकपा एसको स्थायी कमिटी बैठकले पार्टीले पाउने मन्त्रालय र सरकारमा जाने नेताहरुको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष नेपाललाई दिएको हो ।

सत्तारुढ दलबीच एकीकृत समावादीले चार मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको थियो । तर मन्त्रालय टुंगो लगिसकेको छैन । त्यसका लागि सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक अहिले बस्दैछ ।