अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थायी कमिटी बैठक स्थगित गरेर मन्त्री छान्ने जिम्मा माधव नेपालले लिएपछि…

स्थायी कमिटी बैठक स्थगित गरेर मन्त्री छान्ने जिम्मा माधव नेपालले लिएपछि…


काठमाडौं -एमालेमा छँदा विधी र पद्धतीको कुरा गर्ने माधव नेपालले नयाँ पार्टीमा विधी मिचेर सबै निर्णय आफैं गर्न थाल्नुभएको छ ।
एमालेमा छँदा मन्त्री छान्ने जिम्मा पार्टीको स्थायी कमिटीबाट हुनुपर्छ भनेर पटक पटक रडाको मच्चाएका नेपालले नयाँ पार्टी बनाएपछि कमिटीलाई गुमराहमा राखेर मन्त्री छनौटको जिम्मा आफैंले लिनुभएको छ ।
आज विहान बसेको स्थायी कमिटी बैठकमा नेकपा(एस)का अध्यक्ष नेपालले मन्त्री छनौटको जिम्मा आफैं लिन्छु भनेर कमिटीको बैठक केही समयमा नै टुंग्याउनु भएको थियो । स्थायी कमिटीलाई छलेर आफु खुशी मन्त्री छनौटको जिम्मा नेपालले लिएपछि मन्त्रीका आकांक्षी नेताहरु रुष्ट बनेका छन् ।
मन्त्तिापरिषदमा माओवादी सरहको हैसियत दिन्छु भनेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई माओवादीको झण्डै आधा साइजमा झारिदिनुभएको छ । माओवादीले सात मन्त्रालय पाँउदा नेपाललाई चार मन्त्रालय मात्र दिइने भएको हो । त्यती मात्र होइन उपेन्द्र यादव र नेपाललाई एउटै आकारमा राखेर चार चार मन्त्रालय दिइने भएको छ ।
चार वटा मन्त्रालय लिएर सरकारमा नजाने भने पनि प्रधानमन्त्री देउवाले कुनै खोजनीति नगरेपछि नेपाल लत्रिएर चार मन्त्रालय लिएर भए पनि सरकारमा जाने हुनुभएको हो ।