काठमाडौं- उपत्यकाबाट बाहिर दशैंमा घर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोजेको आरोपमा नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंको विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरेको हो ।
दशैं-तिहार मनाउन घर जानेहरूको अरु समयमा भन्दा यतिखेर बढी नै हुने हुँदा महाशाखाले विशेष निगरानी तथा अनुगमन टोली बनाएको थियो । ठगी, बढी भाडा लिने, दोब्बर भाडामा टिकट काट्ने लगायतको काम हुन सक्ने भन्दै महाशाखाले उपत्यकामा विशेष टोली परिचालन गरेको थियो।
त्यसअनुसार उपत्यकाबाट बाहिरिने यात्रुहरूसँग बढी भाडा लिने व्यक्तिहरूलाई नियन्त्रणमा लिएको र आवश्यक कारबाही गरिने महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।
सो आरोपमा चितवनका समिर श्रेष्ठ, धनकुटाका किरण लिम्बु र सुनसारीका सविन राई, काठमाडौंका राज ठकुरी, दाङका विशाल गुरूङ र कैलालीका रमेश कठायत पक्राउ परेका हुन् ।
त्यसैगरी काठमाण्डौंको कलंकीबाट नवीन केसी र बल्खुबाट शुभयात्री काउण्टरमा काम गर्ने निजगढका अरुण मगर र जाजरकोट घर भई किर्तिपुर बस्ने नारायणी काउण्टरका बिनोद रानालाई पक्राउ गरेको हो ।







प्रतिक्रिया