काठमाडौं–काठमाडौं बाफलस्थित एक घरमा जुवा खेलिरहेका १९ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
स्थानीय राजु श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
जुवा खालबाट प्रहरीले २ लाख ८६ हजार ६५ रुपैयाँ नगद, सात बुक तास, ३३ थान कौडा, १२३ थान क्वीन बरामद गरेको परिसरले जनाएको छ ।
प्रतिक्रिया