अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनको मन्त्रालय भागबन्डामै विवाद, अन्योलमा मन्त्रिपरिषद् विस्तार

गठबन्धनको मन्त्रालय भागबन्डामै विवाद, अन्योलमा मन्त्रिपरिषद् विस्तार


काठमाडौं – बिहीबार पनि मन्त्रिपरिषद विस्तार नहुने भएको छ ।

आज बसेको सत्तारुढ गठबन्धन बैठकले मन्त्रीको नाम टुंगो लगाइसके पनि दलहरुबीच मन्त्रालय भागवण्डामै विवाद भएपछि मन्त्रिपरिषद विस्तार हुन नसकेको हो ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय लिने सहमति भएको थियो । तर मन्त्रालयका विषयमा दलहरुबीच कुरा नमिलेका कारण बिहीबार मन्त्रिपरिषद विस्तार हुन नसकेका स्रोतले बताएको छ । अब शुक्रबार विस्तार हुने स्रोतको भनाइ छ ।