काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ८०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार ७ हजार २६४ नमुनाको पीसीआर परीक्षणमा ६६७ जना र ३ हजार ४०८ नमुनाको एन्टिजेन परीक्षण गर्दा १३८ जनामा कोरोना संक्रमण देखिएको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने ९११ जना निको भएका छन् ।
त्यस्तै काठमाडौं उपत्यकामा थप २९४ जना संक्रमित थपिएका छन् । भक्तपुरमा ३४ जना र ललितपुरमा ५३ संक्रमित थपिएका हुन् ।
नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार २०० पुगेको छ ।
प्रतिक्रिया