अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले हुँदै नभएको विवाद झिकेर चीनसँग निहुँ खोज्यो : प्रदीप ज्ञवाली

सरकारले हुँदै नभएको विवाद झिकेर चीनसँग निहुँ खोज्यो : प्रदीप ज्ञवाली


पाल्पा- एमालेका सचिव एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले सरकारले हुँदै नभएको विवाद झिकेर चीनसँग निहुँ खोजेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल पाल्पा शाखाले गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सीमा विवाद कालापानी सुस्ताको बारेमा बोल्दै नबोल्ने, जयसिंह धामी बेपत्ताको विषयमा कुनै कुरा गर्न नसक्ने र हुँदै नभएको विवाद झिकेर चीनसँग निहुँ खोज्ने गरी गलत काम गरिहेको आरोप लगाउनुभएको हो ।

उहाँले आफ्नो माग पूरा नभएसम्म संसद चल्ने नदिने पनि बताउनुभयो । सभामुख अग्नी सापकोटाले नसच्याएसम्म संसद अवरोध कायमै राख्ने उहाँको भनाइ छ। सभामुख सापकोटाले संविधान तथा ऐन नियम विपरित काम गरेको आरोप पनि लगाउनुभयो ।

सभामुख सापकोटाले एमालेले कारवाही गरेका १४ जना सांसदलाई निष्कासन गरी सूचना टाँस गर्नुपर्ने र कानुनी कारवाहीका लागि गल्ती स्वीकार गर्नुपर्ने बताउनुभयो ।

उहाँले अपवित्र गठबन्धन भएकै कारण सरकारले ३ महिनासम्म मन्त्रिमण्डल गठन गर्न नसकेको बताउनुभयो । क्षणिक स्वार्थका लागि मात्र गठबन्धन भएको उहाँको भनाइ छ ।

मुलुकलाई अनिर्यणको बन्दी बनाएर राख्नुभन्दा ताजा जनादेशमा जानुपर्ने धारणामा एमाले अडिग रहेको बताउनुभयाे । प्रधानमन्त्री शेरबहादुर देउवाले पठाएका सरकारका प्रतिनिधिसँग यस विषयमा छलफल भइरहेको प्रवक्ता ज्ञवालीले बताउनुभयाे ।

सरकारले संघीय निर्वाचनका लागि मिति घोषणा गरे प्रतिपक्षी एमालेले स्वागत र समर्थन गर्ने बताउनुभयाे । निर्वाचन भएमा अहिले देखिएको गतिरोध अन्त्य हुने र मुलुकले निकाश पाउने उहाँकाे दावी थियाे ।