अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपाले टुंग्यायो मन्त्रीको नाम (सूचीसहित)

जसपाले टुंग्यायो मन्त्रीको नाम (सूचीसहित)


काठमाडौं–जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाएको छ। संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईले पार्टीबाट पठाउने नाम टुंगो लगाएको हो ।

जसपाले राजेन्द्र श्रेष्ठको नेतृत्वमा मन्त्रीहरू पठाउने निर्णय गरेको छ ।  श्रेष्ठका अलवा रेणु यादव, रामसहाय यादव र प्रमोद साह मन्त्रिमण्डलमा सहभागी हुने भएका छन् ।

जसपाले चार मन्त्री र एक राज्यमन्त्री पाउने सहमति गठबन्धनमा भएको थियो ।

मन्त्रालय बाँडफाँटमा उपेन्द्र यादवले एकलौटी गरेको भन्दै जसपामा असन्तुष्टी बढेको छ । प्रदेश-२ बाट मन्त्री बनाउँदा लुम्बिनीबाट नबनाएको र जनआधार नभएको क्षेत्रबाट श्रेष्ठलाई मन्त्री बनाएको भन्दै त्यसमा बाबुराम भट्टराई पनि सहमत नभएको बताइएको छ ।

माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज मन्त्रिमण्डलमा जानेछन् । यस्तै, बोधमाया यादवलाई राज्यमन्त्री बनाउने स्थायी समितिले निर्णय गरेको हो । उनीहरूले कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन ।