अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भागबन्डा नमिल्दा लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार रोकियो

भागबन्डा नमिल्दा लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार रोकियो


लुम्बिनी- लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनबीच सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तार रोकिएको छ ।

शुक्रबार नै मन्त्रिपरिषद विस्तार गर्ने तयारी भए पनि केही गृहकार्य बाँकी रहेकाले मन्त्रीको नियुक्ति प्रकृया रोकिएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीले शुक्रबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको थियो ।

सरकारमा माओवादीबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने भएका छन् । यस्तै नेकपा एकीकृत समाजवादीबाट रमा घर्ती मन्त्री बन्ने निश्चित भइसकेको छ । त्यसैगरी माओवादीले दाङकी बिमला खत्री वलीलाई राज्यमन्त्री बनाउने तयारी गरेको छ । उहाँ कुनै समय एमाले र माओवादी केन्द्रको तानातानमा पर्नु भएको थियो । तर पछिल्लो समय उहाँले माओवादी केन्द्र रोज्नु भएको हो ।

काँग्रेसले पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रीमा यसअघि नै दाङका डिल्लीबहादुर चौधरीलाई पठाएइ सकेको छ । वन, वातावरण तथा भूसंरक्षण मन्त्रीमा बर्दियाका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रूपन्देहीका बसिउद्धिन खाँलाई पठाउने निर्णय भएको थियो । तर ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीका लागि रूपन्देहीका अष्ठभुजा पाठक र पाल्पाका वीरबहादुर रानामध्ये कसलाई पठाउने भन्नेबारे टुंगो लाग्न बाँकी छ भने काँग्रेसको भागमा परेको राज्य मन्त्रीमा पनि धेरै आकांक्षी भएका कारणले मन्त्रिपरिषद विस्तार रोकिएको हो ।