अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानन्यायाधीशका जेठान गजेन्द्र हमाल आपूर्तिमन्त्री

प्रधानन्यायाधीशका जेठान गजेन्द्र हमाल आपूर्तिमन्त्री


काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान गजेन्द्र हमाल पनि मन्त्री बनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाउनु भएको छ ।

यसअघि प्रधानन्यायाधीशले मन्त्रीमा कोटा मागेको भन्दै हमालको नाम चर्चामा आएपछि बार र बेन्चबीच विवाद भएको थियो । तर सर्वोच्च अदालतले मन्त्रीमा कोटा नमागेको भन्दै विज्ञप्ति समेत जारी गरेको थियो । प्रधानन्यायाधीश जबराले हमाल काँग्रेसको नेता भएको हुनाले मन्त्री हुनुमा आफ्नो हात नरहने धारणा सर्वोच्च बारसँगको बैठकमा बताउनु भएको थियो ।

प्रधानन्यायाधीशले सरकारसँग कोटा मागेको आशंकाबारे हमालको नियुक्तिले सही सावित गरिदिएको छ । गैरसांसद हमाल प्रधानन्यायाधीशका जेठान नाता पर्छन् । उहाँ नेपाली काँग्रेस बाँकेका नेता हुनुहुन्छ । देउवा पत्नी आरजुसँग पनि हमालको पारिवारिक नाता रहेको स्रोतले बताएको छ ।