अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती प्रदेशसभाको अधिवेशन आह्वान

बागमती प्रदेशसभाको अधिवेशन आह्वान


काठमाडौं- बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

उहाँले नेपालको संविधानको धारा २०१ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही असोज २४ गते दिनको ३ बजे बस्ने गरी प्रदेश सभाको नवौ अधिवेशन आह्वान गर्नुभएको हो ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको नवौ अधिवेशन बस्ने निर्णय गरी पठाएअनुसार बागमती प्रदेशका प्रमुखले संवैधानिक प्रक्रिया पूरा गरी बैठकको आह्वान गर्नुभएको बागमती प्रदेशसभा सचिवालयका सूचना अधिकारी सुन्दर पन्तले जानकारी दिनुभयो ।

बैठक आह्वान गर्नुभएअनुसार १०९ प्रदेश सभा सदस्यलाई बैठकमा सहभागी हुन पनि सूचना प्रवाह गरिसकिएको उहाँले जानकारी दिनुभयो ।