अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानन्यायधिसले मन्त्री नियुक्ति गरेकोमा अखिलको आपत्ती

प्रधानन्यायधिसले मन्त्री नियुक्ति गरेकोमा अखिलको आपत्ती


काठमाडौं -एमाले निकट अनेरास्ववियुले प्रधानन्यायाधीशको कोटामा मन्त्री बनाइएको घटनाप्रति आपत्ति जनाएको छ । अध्यक्ष सुनिता बरालले आज बिज्ञप्ती जारी गर्दै सरकार गठनमा सेटिङ्ग मिलाई दिएवापत प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराका जेठान गजेन्द्र हमाललाई मन्त्रीको रुपमा नियुक्ति गरेकोप्रति संंगठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।
बरालले बिज्ञप्तीमा भन्नुभएको छ, ‘ यस्ता घटनाबाट पनि जनादेश प्राप्त तत्कालीन एमाले सरकार विस्थापनमा भएको सेटिङ्गको थप पुष्टि भएको छ । हामी यस्तो प्रकारको अलोकतान्त्रिक हर्कतहरु प्रति खेद प्रकट गर्दर्छौ । साथै मन्त्रिपरिषद विस्तारमा न्यायापालिका र प्रधानन्यायधीश जोडिनु अत्यन्तै दुखद र दुर्लभ घटना हो । तसर्थ विवादित प्रधानन्यायधीशले नैतिकताको आधारमा राजीनामा दिनुको साथै नियुक्त उद्योग मन्त्रीलाई तत्काल बर्खास्त गरी लोकतान्त्रिक मूल्य मान्यता र स्वतन्त्र न्यायापालिका माथिको विश्वास कायम राख्न जोडदार माग गर्दछौ ।’