अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजकुमार लेखीको टिप्पणी- ‘राजीनामा गजेन्द्रले होइन, चोलेन्द्रले दिनुपर्थ्यो’

राजकुमार लेखीको टिप्पणी- ‘राजीनामा गजेन्द्रले होइन, चोलेन्द्रले दिनुपर्थ्यो’


काठमाडौं- नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले तीन दिनमै पदत्याग गर्नुभएको छ ।

प्रधानन्यायाधीशको कोटामा नियुक्त हुनुभएका हमालले राजीनामा दिएको विषय राजनीतिक वृत्तमा तातेको छ । एमाले नेता राजकुमार लेखीले भने गजेन्द्रभन्दा पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले राजीनामा दिनुपर्ने धारणा राख्नुभएको छ । उहाँले भन्नुभएको छ- ‘राजीनामा गजेन्द्र हमालले दिने होइन । भागबन्डा खोजेका प्रधानन्यायाधीश चोलेन्द्रले दिनुपर्ने हो । सेटिङ गरेका र सेटिङमा मुलुक चलाउन खोजेका गठबन्धनका प्रमुख हरुले राजीनामा दिनुपर्ने हो ।’

विभिन्न सञ्चार माध्याममा आएका समाचार र कानुनविद्हरुले प्रश्न उठाए पछि हमालले पदबाट राजीनामा गरेको बताउनुभयो ।