अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रहरीको गोलीबाट ६ जना घाइते, मोतिपुर औद्योगिक क्षेत्र तनावग्रस्त

प्रहरीको गोलीबाट ६ जना घाइते, मोतिपुर औद्योगिक क्षेत्र तनावग्रस्त


रूपन्देही – रुपन्देहीस्थित मोतिपुर औद्योगिक क्षेत्रको जग्गा सुकुम्बासीका नाममा कब्जा गर्न खोजेपछि स्थानीय प्रशासनले गोली चलाएको छ । औद्योगिक क्षेत्र निर्माण गर्ने ठाउँमा जग्गा कब्जा गर्न खोज्ने र प्रहरीबीच झडप भएको हो ।

स्थानीयबासीले ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाएको हो । प्रहरीको गोलीबाट तीन जना स्थानीय र तीन जना सशस्त्र प्रहरी गरी ६ जना घाइते भएका छन् । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

करीब २०० बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्न खोजिरहेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले अतिक्रमणकारीलाई हटाउने प्रयास भइरहेको बताउनुभयो । उहाँले घटनास्थलतर्फ पुग्दै गरेको बताउनुभयो ।

२०७२ चैत १ मा रुपन्देहीको मोतीपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो । फागुन २१ गते तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेल तथा वाणिज्यमन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभएको थियो ।

बुटवल उपमहानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति भएको थियो ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सार्वजनिक जग्गा कब्जा नगर्न आह्वान गरिएकोमा अटेर गरी बसिरहेकालाई हटाउन खोज्दा प्रहरीमाथि आक्रमण भएपछि सामान्य बल प्रयोग भएको बताउनुभयो ।