काठमाडौं- नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक रमेशप्रसाद खरेलले नयाँ पार्टी गठन गर्ने घोषणा गर्नुभएको छ । खरेलले रत्नपार्कस्थित शान्तिबाटिमा आइतबार पत्रकार सम्मेलन गर्नुहुँदै नयाँ पार्टी गठन गर्ने घोषणा गर्नुभएको हो ।
नेपाल सुशासन अभियानका रूपमा खरेल आफ्ना समर्थकसहित केही समययता सक्रिय हुनुहुन्छ ।
भ्रष्टाचार, अन्याय, अत्यचार र बेथितिविरूद्ध आफ्नो पार्टी सक्रिय रहने खरेलले बताउनुभयो ।
खरेलले नयाँ पार्टीको विचार, नीति र सिद्धान्तबारे बृहत् रुपमा छलफल गर्ने बताउनुभयो । उहाँले त्यो विचार, नीति र सिद्धान्तबारे जनतालाई जानकारी दिएपछि पार्टी स्थापनाको प्रक्रियामा जाने बताउनुभयो ।





प्रतिक्रिया