काठमाडौं- नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले थाङ्का र नेपाल हस्तकलाका सामग्रीमा लुकाइ-छिपाइ हङकङ लैजाने तयारी गरिरहेको अवस्थामा सात किलो ९७७ ग्राम चरेस बरामद गरेको छ ।
ब्यूूरोद्वारा आज आयोजित पत्रकार सम्मेलनमा लागू औषध चरेस ओसारपसारमा संलग्न भएको अभियोगमा पक्राउ परेका सात अभियुक्तलाई सार्वजनिक गरियो । ब्यूरो र महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएका टोलीले ललितपुरको मानभवनस्थित ब्लुुस्टार कार्गोबाट हङकङ पठाउन लागेको अवस्थमा नौ थान थाङ्का र सोमा प्रयोग हुने काठको डण्डीभित्र लुकाई राखेको तीन किलो ५० ग्राम चरेससहित मोरङ उर्लाबारी–८ का अन्जित थापालाई पक्राउ गरेको ब्यूरो प्रमुख हृदयेश थापाले जानकारी दिनुुभयो ।
लागूऔषध कारोबारी अन्जितलाई उक्त सामान दिने सिसिन्धुपाल्चोक सुनकोशी–५ का सुजन श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले एक लाख नगदसमेत बरामद गरेको छ ।
अनुुसन्धानकै सिलसिलामा प्रहरीले काठमाडौँ महानगरपालिका–१४ बाट सुुजन श्रेष्ठलाई चरेश दिने सिन्धुपाल्चोक लिसखु–५ का सागर भन्ने जालिन्द्र श्रेष्ठको डेराबाट थाङ्कामा प्रयोग हुने काठका ९६ थान लिस्टीभित्र लुकाइ-छिपाइ राखेको दुई किलो ४० ग्राम चरेस फेला पारेको थियो ।
पर्सा सखुवापर्सोनी–१ घर भई काठमाडौं बौद्ध नयाँबस्तीमा सिलाईबुनाई काम गर्ने दिनदयाल महतो र दीपेन्द्र महतोलाई पनि थाङ्कामा प्रयोग हुने ११३ थान लिस्टी र दुई किलो ८७५ ग्राम चरेससहित पक्राउ गर्न ब्यूरो सफल भएको छ । प्रहरीले मकवानपुर–११ का रवि मोक्तानको कलङ्कीस्थित डेराबाट नौ ग्राम ५०० मिलिग्राम चरेस बरामद थियो ।
उक्त कारोबारमा संलग्न धाादिङ थोक्रे–३ का मोतीलाल तामाङ पनि दुई ग्राम ५०० मिलिग्राम चरेसहित पक्राउ परेका हुन् । निजले धादिङलगायतका स्थानबाट चरेस सङ्कलन गरी कारोबारीलाई उपलब्ध गराउने गरेको ब्यूरोका प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिनुभयो ।
प्रतिक्रिया