बुटवल- आइतबार बिहानदेखि बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको झडपमा परी ४ जनाको मृत्यु भएको छ । उनीहरु मध्ये ३ जनाको रुपन्देहीको भैरहवास्थित मेडिकल कलेजमा लाँदै गर्दा बाटोमा मृत्यु भएको र एक जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताउनुभयो। ।
झडपमा परी घाइते मध्ये मेडिकल कलेजमा १३ जना लगिएको थियो । जसमध्ये ४ जना सर्वसाधारणको मृत्यु भएको हो । अन्य १० जना घाइते हुनेमा ५ जना प्रहरी र ४ जना सर्वसाधारण रहेको उनले बताए । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको मेडिकल कलेजका जनसम्पर्क अधिकृत गुरुङले बताए ।
यता लुम्बिनी प्रादेशिक अस्पतालले झडपमा परी घाइते भएका ५० जना भन्दा बढीको उपचार भएको जनाएको छ । घाइते हुनेमा प्रहरीको संख्या बढी रहेको लुम्बिनी प्रादेशिक अस्पताल इमर्जिन्सी विभाग प्रमुख रामप्रसाद अर्यालले बताए । उनले भने ‘ अहिलेसम्म ५० जना घाइतेहरुको उपचार गरेका छौं । जसमध्ये १५ जना गम्भीर हुनुहुन्छ । घाइतेहरुको संख्या अझैपनि बढ्दो छ।’
प्रतिक्रिया