पोखरा – कास्कीको घान्द्रुकमा भएको जीप दुर्घटनामा घाइते ८ जनाकै मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।
मृत्यु भएकाहरुको सनाखत हुन बाँकी छ । जीपमा ९ जना सवार थिए । एक महिला भने रुखमा अड्किएर बाच्न सफल भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालका अनुसार मृत्यु भएका सबैजसो काठमाडौँबाट पोखरा आएका थिए । दुर्घटनाको कारण भने खुलेको छैन ।







प्रतिक्रिया