अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रिजाललाई गलपासो भएको वाणीमा ज्ञवालीको टिप्पणी : सरकारबाट देख्न अझै केही बाँकी छ र ?

रिजाललाई गलपासो भएको वाणीमा ज्ञवालीको टिप्पणी : सरकारबाट देख्न अझै केही बाँकी छ र ?


काठमाडौं -वर्तमान सरकारबाट जनहितका पक्षमा कुनै कामको आशा नभएको उल्लेख गर्नुभएको छ ।
आज विहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै ज्ञवालीले रक्षा मन्त्री मिनेन्द्र रिजालले सरकार गठनका दिन दिनुभएको धम्कीको स्मरण गराउनुभएको छ । रिजालको नाम नलिइ ज्ञवालीले लेख्नुभएको छ ‘सदनमा एकजना काँग्रेस नेताले भन्नु भाथ्यो सरकार कसरी चलाउनु पर्दछ हामी देखाउने छौं । ठिकै भन्नु भा रैछ ।भूमि आयोग खोरजी,जयसिंह धामी बेपत्ता,१४ सय सडक आयोजना रद्ध,कालो धन सेतो पार्ने प्रपञ्च,न्यायधीसलाई मन्त्री मन्त्री उपहार,अनि मोतिपुर गोली काण्ड ! सय दिनमै यति देखिसकेपछि बाँकी के नै रह्यो र ?’
तत्कालिन साँसद रिजालले काँग्रेस सभापति शेरबहादुर देउवालाई बधाइ तथा शुभकामना दिने क्रममा ओली सरकारको आलोचना गर्दै सरकार कसरी चलाउने भन्ने आफूहरुले देखाउने बताउनुभएको थियो । केही दिन अघि मात्र मन्त्रीमा नियुक्त हुनुभएका रिजाल देउवाको सरकार सञ्चालनको शैलीका कारण उक्त भनाइ आफैंलाई गलपासो भएको भन्दै हिड्नुभएको छ ।