चितवन– जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता अशोक राईले संविधान तत्काल संशोधन हुने अवस्था नरहेको बताउनुभएको छ ।
भरतपुर विमानस्थलमा पत्रकारसँग मंगलबार बिहान कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘यो सरकारसँग २ तिहाइ बहुमत देखिदैन, एक्सर्साइज गर्न सकिन्छ, तर संशोधन हुने देखिन्न ।’
राईले सत्ता गठबन्धन आगामी निर्वाचनसम्मै कायम रहनुपर्ने बताए । ‘संविधान संरक्षण र सुधार गर्न अग्रगामी गति दिन यो व्यवस्थाका संरक्षक र जन्मदाताहरूबीच सहकार्य भएर जानु राम्रो हुन्छ,’ उहाँको भनाइ छ ।





प्रतिक्रिया