अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोली बालकृष्णले चलाए, दोष विष्णु पौडेललाई

गोली बालकृष्णले चलाए, दोष विष्णु पौडेललाई


काठमाडौं– सत्तारुढ तीन दलका विद्यार्थी संगठनहरुले रुपन्देहीको मोतीपुरमा प्रहरीको गोलीबाट चार जनाको मृत्यु भएको घटनामा नेकपा एमालेका उपमहासचिवलाई दोष देखाएका छन् ।

गृहमन्त्री बालकृष्ण खाँडको निर्देशनमा घटना भएको यथार्थता छोप्दै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) निकटका विद्यार्थी संगठनहरुले आज संयुक्त विज्ञप्ति जारी गरेर पौडेललाई दोषि करार गरेका छन् । ‘अनाहकमा जनताको ज्यान गएको यो घटनाको मुख्य कारण तत्कालीन प्रतिगामी सरकार र त्यसका अर्थमन्त्री भएको हाम्रो निश्कर्ष छ,’ विज्ञप्तिमा लेखिएको छ ।

तीन विद्यार्थी संगठनको विज्ञप्तीको चौतर्फी विरोध भएको छ ।

२४ असोजमा रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपमा प्रहरीले गोली चलाउँदा चार जनाको मृत्यु भएको थियो ।

आइतबारको झडपमा मृत्यु हुनेमा चारमध्ये अधिकांश रूपन्देही बाहिरका छन् । जग्गा कब्जा गर्ने बाहिरी जिल्लाका धेरै रहेको पुष्टि गर्छ । जग्गा कब्जा गर्न योजना बनाउनेमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग नजिकका व्यक्तिहरू देखिएका छन् ।