अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२४ घण्टामा ४ सय ५५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

२४ घण्टामा ४ सय ५५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु


काठमाडौं– नेपालमा थप ४ सय ५५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

६ हजार २१४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३९८ र एन्टिजेन विधिबाट ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सबैभन्दा धेरै काठमाडौँमा १ सय ४७ जना, ललितपुरमा ४९ र भक्तपुरमा २० जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ८०४ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा थप ८ जनाको मृत्यु भएको छ ।