काठमाडौं- बडादसैँको एघारौं दिन आज एकादशी पर्व । विजयादशमीको भोलिपल्ट यो दिन पनि बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाएर दसैँ मनाइन्छ ।
हिजो टीका लाउन छुटेका साथै टाढाटाढा भएका आफन्तहरूको हातबाट आशीर्वाद लिन आज टीका लाउँदैछन् । माइत, मावली, ससुराली जानेहरूको बिहानैदेखि चहलपहल बढेको छ ।
दशमीका दिन सुरू भएको टीका कोजाग्रत पूर्णिमासम्म लगाउने प्रचलन छ । तर, केही ठाउँमा भने विजयमा दशमीका दिनमात्र टीका लगाइन्छ ।
प्रतिक्रिया