अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिरहामा झिझिया नाच हेर्न गएका युवक इनारभित्र मृत भेटिए

सिरहामा झिझिया नाच हेर्न गएका युवक इनारभित्र मृत भेटिए


सिरहा- सिरहामा एक युवक मृत अवस्थामा फेला परेका छन्।

आज बिहान नरहा गाउँपालिका ३ स्थित इनारभित्र युवकको शव भेटिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । गोलबजार नगरपालिका ८ बस्ने २० वर्षीय शत्रुधन महतो मृत अवस्थामा फेला परेका हुन्।

शुक्रबार नजिकै झिझिया नाच भएको थियो। त्यही हेर्न युवक त्यहाँ पुगेका थिए।

शवलाई पोस्टमार्टमको लागि पठाउने तयारी भइरहेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।