अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोटरसाइकल रुखमा ठोक्किँदा दुईको मृत्यु

मोटरसाइकल रुखमा ठोक्किँदा दुईको मृत्यु


धनुषा- धनुषामा तीन जना सवार रहेको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

तीव्र गतिमा रहेको बा।४८।प ५५२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनुषाको गणेशमानचारनाथ नगरपालिका वडा नम्बर १ बस्ने २७ वर्षीय दीपलाल महरा र २१ वर्षीय हरिचन महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

लालबाबु पासवान गम्भीर घाइते भएका छन् ।