अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्को महाधिवेशनमा होमियो एमाले, कात्तिक ६ गते देशैभर वडा अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल सम्बोधन गर्ने

अर्को महाधिवेशनमा होमियो एमाले, कात्तिक ६ गते देशैभर वडा अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल सम्बोधन गर्ने


काठमाडौं– विधान महाधिवेशनलगत्तै नेकपा (एमाले)ले नेतृत्वको महाधिवेशन तयारीमा जुटेको छ ।

एमालेले कात्तिक ६ गते देशभरका वडाबाट अधिवेशन सुरू गर्दैछ । देशभरका ६ हजार ७ सय ४५ वडामा एकै दिन अधिवेशन गर्ने तयारी गरिएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल उदघाटन गर्ने कार्यक्रम छ ।

एमालेले ६ गते वडा अधिवेशन सम्पन्न गरेपछि कात्तिक ९ गते देशैभर पालिका अधिवेशन गर्दैछ । त्यसपछि जिल्ला र प्रदेश कमिटीको अधिवेशन हुने एमालेले जनाएको छ । एमालेको महाधिवेशन मंसिरमा हुँदैछ । एमालेले वडातह देखिनै नेतृत्वमा ३३ प्रतिशत महिलाको सहभागिता अनिवार्य गरेको छ ।