अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा बढ्न नदिन बैंकरबीच भद्र सहमति

निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा बढ्न नदिन बैंकरबीच भद्र सहमति


काठमाडौं- तीन वर्षपछि फेरि निक्षेपको ब्याजदर १० प्रतिशतको सीमाभित्रै राख्न बैंकरहरूबीच भद्र सहमति भएको छ ।

बैंकरहरूको संस्था नेपाल बैंकर्स एसोसिएसनको कार्यकारी समिति सदस्यहरूको बैठकले ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धाको अवस्था नआओस् भन्दै ब्याजदर दोहोरो अंकमा नपुर्‍याउने भद्र सहमति भएको संघका उपाध्यक्ष अनिलकुमार उपाध्यायले बताउनुभयो ।

‘यो कुनै लिखित सहमति होइन,’ कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका उपाध्यायले भन्नुभयो, ‘अस्वस्थ प्रतिस्पर्धाका कारण समस्या नआओस् भनेर एकआपसमा मौखिक सहमति गरिएको हो ।’ ब्याजदरको निर्धारण बजारमा रहेको माग र आपूर्तिले नै गर्ने भए पनि अस्वस्थ प्रतिस्पर्धाले समेत ब्याजदर प्रभावित पार्ने भएकोले यस्तो सहमति गरिएको उहाँको भनाइ छ ।

कृषि विकास बैंकले मुद्दती निक्षेपको ब्याजदर बढाएको छ भने सानिमा र राष्ट्रिय वाणिज्यले केही घटाएका छन् । प्रभु र नेपाल बैंकको भने स्थिर छ ।