अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टीका लगाएर फर्किनेहरुले काठमाडौंमा चहलपहल

टीका लगाएर फर्किनेहरुले काठमाडौंमा चहलपहल


काठमाडौं- दसैंको टीकाको चौथो दिन आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आशीर्वाद लिने क्रम चलिरहेको छ । केही ठाउँमा विजयादशमीको दिनमा मात्रै टीका लगाउने चलन भए पनि धेरै ठाउँमा भोलि कोजाग्रत पूर्णिमासम्म नै टीका लगाउने गरिन्छ ।

विजयादशमीको दिन सबै मान्यजन र आफन्तकोमा पुग्न नभ्याइने भएकाले पूर्णिमासम्म नै टीका लगाउने गरिएको हो । घटस्थापनाका दिन दशैँ घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरिएको टीका, जमरा र प्रसाद पूर्णिमासम्म नै आफूभन्दा ठूलाहरूको हातबाट थापेर आशीर्वाद लिने गरिन्छ ।

दसैं मान्न गाउँ गएकाहरु फर्कने क्रम पनि बढेको छ । महानवमीको दिनसम्म काठमाडौंबाट बाहिर जाने गाडीमा यात्रुको चाप रहेकोमा एकादशीदेखि भने फर्कने गाडीमा यात्रुको चाप बढ्न थालेको छ । कोटेश्वर, कलङ्की, गोङ्गबु, बल्खुलगायत नाकामा दसैं मनाएर फर्कनेको भिडभाड देखिन्छ ।