अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले कात्तिक ६ मा वडा र ९ गते पालिका अधिवेशन गर्दै

एमालेले कात्तिक ६ मा वडा र ९ गते पालिका अधिवेशन गर्दै


काठमाडौं – नेकपा एमालेले २०७८ कात्तिक ६ गते देशैभरका वडामा पार्टीको अधिवेशन गर्ने भएको छ । ६ हजार ७४३ वडामा एकैदिन अधिवेशन गर्न लागिएको एमाले पार्टी कार्यलयले जनाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रूपमा वडा अधिवेशन उद्घाटन गर्ने तयारी रहेको छ ।

त्यस्तै एमालेले यही कात्तिक ९ गते पालिका अधिवेशन गर्ने तयारी गरेको छ । ७५३ पालिकामा पार्टी कमिटीका लागि अधिवेशन गर्न लागिएको हो ।

एमालेले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव तथा सदस्यहरूका लागि पार्टीका तल्ला तहमा अधिवेशन गर्न लागेको हो ।