काठमाडौं- नेकपा एकीकृत समाजवादीले सात वटै प्रदेश कमिटी र प्रवासका पदाधिकारीहरु मनोनयन गरेको छ । अध्यक्ष माधवकुमार नेपालले जारी गर्नुभएको अन्तर पार्टी निर्देशनमा प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवको नाम पठाइएको छ ।
नेकपा एसले प्रदेश १ को अध्यक्षमा उदयपुरका पूर्व सांसद सुरेश कार्की, उपाध्यक्षमा खोटाङका प्रदेशसभा सदस्य राजन राई र सचिवमा मोरङका महेश रेग्मीलाई मनोनित गरेका छन् । त्यस्तै प्रदेश १ को इन्चार्जमा घनेन्द्र बस्नेतलाई जिम्मेवारी दिएको छ ।
प्रदेश २ को अध्यक्षमा सिरहाका पूर्व सांसद रामचन्द्र यादव चयन हुनुभएको छ भने सचिवमा लक्ष्मण पौडेललाई जिम्मा दिइएको छ । इन्चार्जमा सिरहाकै धर्मनाथ प्रसाद साह चयन हुनुभएको छ ।
वागमती प्रदेश कमिटीको अध्यक्ष सावित्रा भुसाल र सचिवमा काभ्रेका प्रदेशसभा सदस्य लक्ष्मण लम्साललाई मनोनित गरेका छन् । इन्चार्जमा केदार न्यौपाने चयन हुनुभएको छ ।
गण्डकी प्रदेश कमिटी अध्यक्षमा तुलवहादुर गुरुङ, उपाध्यक्ष रामजीप्रसाद शर्मा र सचिवमा प्रतापलाल श्रेष्ठलाई जिम्मेवारी दिएको छ । इन्चार्जमा चुडामणी जंगलीलाई तोकिएको छ ।
त्यस्तै लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा मेटमणी चौधरी चयन हुनुभएको छ भने सचिवमा रुपन्देहीका राजु गुरुङलाई तोकिएको छ । प्रदेश इन्चार्जमा भागवत विश्वासी चयन हुनुभएको छ ।
कर्णाली प्रदेश कमिटीको अध्यक्ष तोक्न बाँकी रहेको छ भने सचिवमा राष्ट्रियसभा सदस्य ठगेन्द्र प्रकाश पुरी र इन्चार्जमा उपमहासचिव प्रकाश ज्वाला चयन भएका छन् ।
सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा विक्रम शाही, उपाध्यक्ष हर्कवहादुर सिंह, शेरवहादुर कुँवर र सचिवमा दिनेशन्द्र सुवेदीलाई जिम्वारी दिएको छ । इन्चार्ज गरिमा शाहलाई बनाइएको छ ।
त्यस्तै नेकपा एसले प्रवास प्रदेशको इन्चार्जमा स्थायी कमिटी सदस्य श्रीप्रसाद साहलाई जिम्मा दिएको छ ।





प्रतिक्रिया