काठमाडौं- नेपाल सुनचाँदी रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन भएको छ । साताअघि कोभिड संक्रमण देखिएपछि अस्पताल भर्ना भएका मर्हजनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
महर्जनको सोमबार मेडिसिटी अस्पतालमा निधन भएको हो । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा.अजयक्रान्ती शाक्यले महर्जनप्रति श्रद्धान्जली व्यक्त गर्दै कोरोनाको दुवै डोज खोप लगाए पनि स्वास्थ्य सर्तकर्ता अपनाउन आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया