अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाँकेका दुई महिलाको हत्यामा सरकारी पक्षको संलग्नताको आशंका : अनेरास्ववियु

बाँकेका दुई महिलाको हत्यामा सरकारी पक्षको संलग्नताको आशंका : अनेरास्ववियु


काठमाडौं- बाँकेका दुई महिलाको हत्यामा सरकार पक्ष नै पिडक रहेको अनेरास्ववियुले आशंका गरेको छ ।

अध्यक्ष सुनिता बरालले आज एक विज्ञप्ती जारी गरेर साउन ५ गते जानकी गाउँपालिका-२ स्थित आफ्नै घरमा झुण्ड्याइएको अवस्थामा भेटिएकी नकुन्नी धोबी र नेपालगञ्ज उपमहानगरपालिका-१७ की निर्मला कुर्मीलाई घरैबाट वेपत्ता बनाइ हत्या गरिएको विषयमा प्रहरीले जाहेरी लिनै नमानेकोले घटनामा सरकारी पक्षको संलग्नता हुन सक्ने अनेरास्ववियूको आशंका गरेको छ ।

पिडकलाई कारवाहीको माग गर्दै काठमाडौंसम्म पैदल आएका पीडित परिवारलाई डरत्रास, धम्क्याउने, धरपकड गर्ने जस्ता कार्यले अनेरास्ववियुको गम्भिर ध्यानकर्षण गरेको छ ।

विज्ञप्तीमा हत्या, आतंक र बलात्कारका दोषीलाई संरक्षण गरेर सरकारले आफ्नो सक्कली रुप देखाएको बताइएको छ । ‘सरकारले पिडकलाई पहिचान गरेर कानुनी कारबाही नगरे अनेरास्ववियुले पिडितको पक्षमा देशभरि आन्दोलन गर्न बाध्य हुनेछ’ विज्ञप्तीमा भनिएको छ ‘हाम्रो आन्दोलनबाट उत्पन्न हुने जुनसुकै परिणामको जवाफदेही परमादेशी सरकार हुनुपर्दछ ।’