काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव रमेश सिलवाल बर्खास्तमा परेका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर गहराजले जानकारी दिनुभयो ।
मन्त्री गहतराजले सिलवालको काम प्रति सरकार सन्तुष्ट हुन नसकेका कारण बर्खास्त गरेको बताएका छन् ।
सिलवाललाई स्पष्टीकरणको मौका दिइएको र जवाफ सन्तोषजन हुन नसकेको मन्त्री गहराजको भनाइ छ ।
सिलवाललाई अघिल्लो सरकारले करिब तीनवर्ष अघि सदस्य सचिवमा नियुक्त गरेको थियो ।
प्रतिक्रिया