काठमाडौं– काभ्रेको धुलिखेल नगरपालिका विश्व स्मार्ट दिगो सहर संगठनको सचिवालय सदस्यमा निर्वाचित भएको छ ।
विश्वका १ सय ३६ देशका सहर सदस्य रहेको १७ सदस्यीय संगठनको सचिवालय सदस्यमा धुलिखेल नगरपालिका निर्वाचित भएको मेयर अशोककुमार ब्याञ्जुले जानकारी दिनुभयो । सचिवालय सदस्यको कार्यकाल २०२३ सम्म रहनेछ ।
धुलिखेलका मेयरसमेत रहनुभएका नेपाल नगरपालिका संघ नेपालका अध्यक्ष ब्याञ्जुले विश्व स्मार्ट दिगो सहर संगठनको महासभालाई सम्बोधन गर्नुभएको थियो । धुलिखेल नगरपालिका शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने संसारका १५ देशको सूचीमा समावेश छ ।
प्रतिक्रिया