अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाकाली नदीको बाढी कञ्चनपुरका गाउँमा,सर्तकता अपनाउन सबैलाई आग्रह

महाकाली नदीको बाढी कञ्चनपुरका गाउँमा,सर्तकता अपनाउन सबैलाई आग्रह


महेन्द्रनगर -हिजो बेलुकादेखिको अबिरल वर्षाले कञ्चनपुरका अधिकांश बस्ती डुबानमा परेका छन्। महाकाली नदीमा पानीको बहाब उच्च भएपछि नदी तटीय क्षेत्रका बस्ती डुबानमा परेका प्रहरीले जनाएको छ।

महाकाली नदी तटीय क्षेत्रमा पर्ने भीमदत्त नगरपालिको ब्रह्मदेव बजारदेखि पिपरियासम्म र दोधारा–चाँदनी नगरपालिकाको कुतियाकबर, शान्ति टोल, निसानी टोल लगायत बस्ती बाढीको कारण डुबानमा परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेले जानकारी दिनुभयो।

‘महाकाली नदीमा मंगलबार बिहान ७ बजेसम्म पानीको बहाब ४ लाख ६१ हजार ७ सय २८ क्युसेक पुगेको छ । यस्तै जिल्लाका अन्य नदीमा पनि पानीको बहाब उच्च भएपछि जिल्लाका नौ वटै स्थानीय तहका बस्ती डुबानमा परेका छन्।

महाकाली नदीमा निर्माणाधीन ४ लेनको पक्की पुलको पहुँच मार्ग नदीले कटान गर्न थालेको छ। भीमदत्त नगरपालिका–१२ बैजनाथ मन्दिर नजिक महाकाली नदीले पुलको पहुँच मार्ग पक्की सडक कटान गर्न थालेको छ ।

नदीले पहुँच मार्ग कटान गर्न थालेपछि ऐरी, ओदाली, बडैपुर, सोना टोल, विजया टोल, पिपरिया लगायत क्षेत्रमा महाकाली पस्ने खतरा बढेको हो । त्यस क्षेत्रमा करिब दुई हजार परिवारको बसोबास छ।
संसदको महिला तथा बालबालिका समितीकी सभापति एवं कञ्चनपुरकी संघीय साँसद निरुदेवी पालले कञ्चनपुरमा महाकालीको बाढी पस्न सुरु गरेकोले सबैलाई सतर्कता अपनउान आग्रह गर्नुभएको छ । पालले बेमसौसमी वर्षाले पाक्न लागेको धानमा ठूलो क्षती गरेकोले कृषकलाई तत्काल राहातका कार्यत्रम ल्याउन सरकारसँग माग पनि गर्नुभएको छ ।