कैलाली- महाकाली नदीको टापुमा फसेकाहरुलाई हेलिकप्टरबाट उद्धार गर्ने तयारी गरिँदै छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा एकै परिवारका पाँचजना महाकाली नदीको टापुमा फसिरहेका छन् । उद्धारको लागि हेलिकप्टर मगाइएको आन्तरिक मामिला तथा कानूनमन्त्री पुर्णा जोशीले जानकारी दिनुभयो ।
महाकालीमा जस्तै मोहन्यालको खिमडीमा पनि चारजना अलपत्र परेका छन् । मन्त्री जोशीले सेती नदीको टापुमा ५५ जना फसेको दाबी गर्नुभयो । फसेकाहरुलाई उद्धार गर्न हेलिकप्टर आवश्यक पर्ने मन्त्री जोशीले बताउनुभयो ।
प्रतिक्रिया