काठमाडौं – पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
गृहमन्त्रालयका अनुसार अविरल वर्षाका कारण आएको बाढी र पहिरोले कालीकोट र डडेलधुरामा एक-एक जनाको मृत्यु भएको छ भने एक-एक जना घाइते भएका छन् ।
कालीकोटको महाबै गाउँपालिका–७ राम्नीका विष्णुलाल अधिकारीको घर भत्किँदा उहाँकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको छ भने १५ वर्षीया छोरी युनिसा अधिकारी घाइते हुनुभएको छ । युनिसालाई घरले पुरेको अवस्थामा उद्धार गरिएको थियो । युनिसाको अवस्था सामान्य रहेको गृहमन्त्रालयले जनाएको छ ।
यस्तै डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ विष्णु अवस्थीको घरमाथि पहिरो खस्दा उहाँको मृत्यु भएको छ भने ३२ वर्षीय अवस्थी र ६ वर्षीया छोरी सरिता घाइते हुनुभएको छ । दुवै जनालाई उद्दार गरी उपचारका लागि डडेलधुरा अस्पताल लगिएको भएपनि विष्णु अवस्थीलाई चिकित्सले मृत घोषणा गरेका थिए । सरिताको भने सोही अस्पतालमा उपचार भइरहेको गृहमन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया